Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिक्षकलाई तलब खुवाउन देउसीभैलो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार | (रासस)
newsabhiyan

गलेश्वर, २३ कात्तिक : विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा म्याग्दीको एक विद्यालयले रु चार लाख ५३ हजार जुटाएको छ ।

मङ्गला गाउँपालिका–१ कुहूमा रहेको दीपशिखा माविले गाउँमा यही कात्तिक १९ देखि २२ गतेसम्म देउसीभौलो खेलेर सो रकम जुटाइएको र सो रकम निजीस्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक केसीले बताउनुभयो ।

पैयुपाटा, तुसारेपानी, काहुले, मजुवाखोर, राटामाटा, ढिकुरा, मौलाथर, माझथर, महभीर, चौताराथर र असजेथर आदि ठाउँमा देउसीभैलो कार्यक्रम गरिएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan