Thursday 22nd of November | २०७५ मङ्सिर ६ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले यसरी साइतमै टीका लगाउँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

कार्तिक २३, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुले साईतमै भाइटीका लगाउने भएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले टीकाको साइत विहान ११ बजेर ५५ मिनेटमा भाई डेगेन्द्र पाण्डेलाई टिका लगाईदिनुहुने भएको छ ।

राष्ट्रपति भण्डारीका ३ भाईमध्ये दुई भाई अमेरिकामा छन्। राष्ट्रपति भण्डारीले शित्तल निवासस्थित कार्यलयमा वहिनी सुशिला पाण्डेसहित कान्छाभाई डेगेन्द्रलाई साईतमै टिका लगाईदिनुहुने उहाँका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

दिदी बहिनी गाउँमा भएकाले उपराष्ट्रपति नन्दवहादुर पुनले भने आफ्न्त दिदीबहिनिबाट टिका लगाउने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले कान्तिपथस्थित कार्यलयमा नाताकै दुई दिदीबहिनिबाट साईतमै भाईटीका लगाउनुहुने उहाँका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपीओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बहिनीहरु विष्णुमाया ढकाल र कमला कोईरालाबाट भाईटिका लगाउदै हुनुहून्छ ।

नेकपाका अध्यक्ष पुष्प कमल दाहालको भने यो पटक भाइटीका लगाउनुहुन्न ।  छोरा प्रकाशको गत मंसिरमा निधन भएका कारण दाहालले यो वष तिहार लगायत कुनैपनि चाडपर्व मनाउनुभएको छैन । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी केन्द्रिय सदस्य मिना पाण्डे र सुशिला खड्काको हातबाट टिका लगाउने कार्यक्रम छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan