Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

"दुबईमा पहिलो पटक पर्बतका लक्ष्मण पौडेलले Guinness Book Of World Record मा आफ्नो नाम लेखाउन सफल"

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan
newsabhiyan

सचिन्द्र श्रेष्ठ,दुबई ।   यूएईको flag day को अबसरमा अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलाएर गिनीज वर्ल्ड रेकर्ड राख्न पर्बत कुूस्माका लक्ष्मण पौडेलको टीम सफल भएको छ।

  आज एक कार्यक्रमका बीच SIRA का कार्यकारी निर्देशक एच. इ .खलीफाले लक्ष्मण पौडेललाई Guinness World Record को प्रमाण पत्र तथा सम्मान प्रकट गरेका थिए।

   दुबईको अर्कान सेक्युरिटी कम्पनीमा ३ बर्ष देखि कार्यरत पौडेलले यूएईको सेक्युरिटी ग्रुप Dubai SIRA (security industry regulatory agency) ले “Emirates the capital of security and prosperity” भन्ने नाराका साथ आयोजन गरेको उक्त कार्यक्रममा दुबई पुलिस, दुबई सेक्युरिटी कम्पनी लगाएत अन्य private तथा public टीमहरूको सहभागिता रहेको थियो, जहाँ सात जना सँगै बसेर चलाउन मिल्ने Union bike को प्रयोग गरिएको थियो भने दुबई लगाएत बिभिन्न देशका ब्यक्ति आ- आफ्नो  कम्पनीको टीम मार्फत साइकल चलाएका थिए, November 1 देखी novenber 7 सम्म लगातार साईकल चलाएरर 1971 किलोमीटरको दूरी 153:23:06 घण्टामा पार गरी SIRA Dubai द्वारा वोर्ल्ड रेकर्ड बनाएको थियो  ।


  नेपाल तथा बिदेसमा बिभिन्न संघ सस्थामा आबद्द रहेका पौडेलले नेपालको नाम बिदेसमा चिनाउन सफल रहेको र अझै थप प्रगति होस् भन्ने कामना गरेको नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउतले बताए।


  यस्ता कार्यक्रमले हौशला तथा प्रोत्साहन भएको र आगामी दिनमा पनि यस्तै कार्यकममा भाग लिएर राष्ट्रको नाम प्रबासमा चमकाउन लागी पर्ने पौडेलले बताए।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan