Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

को होला गायिका शोभाको धड्कन ? तिहार नजिकिदै गर्दा सार्बजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan
newsabhiyan

ईटहरी । अहिलेको आधुनिक परिवेशमा एउटा गीत निकालेर मात्र गायक-गायिकाले राम्रो स्थान पाउछ भन्ने अवस्था हटिसकेको छ ।

गीत रेकर्ड गरिसके पछि त्यस्को भिडियो बनाउने प्रचलन पनि अनिबार्य जस्तो भइसकेको छ । यसै क्रममा चर्चाको सिखर चुम्दै गरेका पप गायक आर के खत्री र गायिका शोभा अधिकारीको युगल आवाजमा तिमी मेरो धड्कन बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा पुर्वको रमणीय स्थान, सप्तकोसी तथा काठमाडौका दृश्यहरु कैद गरिएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

परिकला मिडिया प्रालीबाट निर्माण भएको उक्त भिडियोमा सुवास संकल्पको निर्देसन, सोम मग्रातीको श्रृङ्गार तथा भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको छ । भिडियोको रोमन्टिक दृश्यहरुमा कलाकार राजबाबु बिसि र सोनु धिमाललाई देख्न सकिन्छ । भिडियो केही समय अघि छायांकन भएको हो ।

गीतमा गायिका सोभा अधिकारी कै सब्द रहेको छ भने एरेन्ज रिकेश गुरुङको रहेको छ । गायक गायिका दुबैको कम्पोज रहेको उक्त अडियो गीतलाई रियल टाईम नेपालले बजारमा ल्याएको हो ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan