Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आईजीलाई घुमाउँदै दुई निरीक्षक, डीएसपी धिताल मुख्यालय तानिए !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २८ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ कात्तिक । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल पछिल्लो समय विवादमा आइरहेका छन् । उनलाई उनको सचिवालयकै कर्मचारीहरुले विवादमा ल्याउने गरेको बताइन्छ ।

पछिल्लो समय उनको सचिवालयमा कार्यरत दुई जना प्रहरी निरीक्षकले आईजी खनाललाई घुमाउने गरेको गुनासो बढेको छ ।

उनीहरुले नै सचिवालयका तर्फबाट विभिन्न सरुवा र बढुवाको प्रक्रिया अगाडि बढाउने भन्दै विभिन्न व्यक्ति तथा निकायहरुसँग रकमको मोलतोल गर्ने गरेको तथ्य पत्ता लागेको छ ।

त्यसरी आईजीपी खनालको नाम दुरुपयोग गर्ने प्रहरी निरीक्षकहरुमा केशव गौतम र गोविन्द कार्की रहेको बताइएको छ ।

गौतम अहिले प्रधान कार्यालयअनतर्गत आईजी सचिवालयमा छन् । प्रहरीको लेखाअन्तर्गत बजेट धेरै हुने शाखाहरु प्रहरी परिसर काठमाडौं, त्रिभुवन विमानस्थल, कुकुर शाखालगायतमा लेखा प्रमुख बनेर काम गरिसकेका गौतम मालपानी आउने सेटिङ मिलाउन माहिर मानिन्छन् ।

उनले देशैभरीका लेखापालहरुको खटनपटनमा आर्थिक संकलन गरेर कुस्त कमाएको उनलाई चिन्नेहरु बताउँछन् । प्यूठान घर भएका उनी पहिलेदेखि नै रोजेको ठाउँमा बस्दै आएका छन् । उनको सुकेधारामा आफ्नै विशाल महल र निजी कारसमेत छ ।

यता आईजी निवासमा पीएका रुपमा कार्यरत गोविन्द कार्कीले पनि त्यसै गरी आईजी खनालको नाम बेचेर असुली धन्दा जारी राखेको बताइएको छ ।

लेखा समूहमा रहेर काम गरेका कार्की पनि विगतमा ट्रफिक महाशाखा, जिल्ला प्रहरी कार्यालय महोत्तरीलगायतका आकर्षक स्थानहरुमा बसेर तर मारिसकेका छन् ।

काठमाडौंको बानेश्वरमा आफ्नै विशाल महल खडा गरिसकेका कार्कीले समेत निवासका गोप्य सूचना चुहाउनुका साथै आईजीको नाममा चलखेल गरेर मानिसहरुलाई दिक्क पारिरहेको बताइएको छ ।

उनीहरु दुवैलाई स्रोत नखुलेको सम्पत्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको तयारी गरेको बुझिएको छ ।

डीएसपी धिताल मुख्यालयमा तानिए
कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा बसेर बद्मासी गर्ने सशस्त्र प्रहरीका डीएसपी सोधपुछका लागि मुख्यालय तानिएका छन् ।

सेटिङमा व्यापक मात्रामा तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी बल नम्बर ३९ राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्मका गुल्मपति डीएसपी मनोज धिताल मुख्यालयको निगरानीमा परेका हुन् ।

उनलाई केही दिनअघि मात्र मुख्यालय झिकाएर यस विषयमा सोधपुछ गरिएको स्रोतले बताएको छ । कमान्ड क्षमता कमजोर भएका तर पैसा भनेपछि मरिहत्ते गर्ने डीएसपी धिताल कपिलवस्तु आएपछि भन्सार राजस्वसमेत प्रभावित भएको थियो ।

गत जेठमा लक्ष्यभन्दा १२९ प्रतिशत राजस्व संकलन भएको थियो भने असारमा ४८ तथा साउनमा ८६ प्रतिशतभन्दा बढी राजस्व संकलन भएकोमा डीएसपी धिताल साउन अन्तिममा सो गुल्ममा आएपछि गत असोज महिनामा मात्र राजस्व लक्ष्यभन्दा २० प्रतिशत कम संकलन भएको थियो ।

जसका कारण सशस्त्र प्रहरी बल मुख्यालयले यसबारे चासो लिएको हो । तर, असुली धन्दामा लागेर उनले संगठनकै बदनाम गराएका छन् । जसले गर्दा भ्रष्टाचार शून्य सहनशीलताको सशस्त्रको नीतिकै उनले धज्जी उडाउने दुस्साहस गरेका छन् ।

यसका साथै आन्तरिक रुपमा समेत कुनै कमान्ड र समन्वय गर्न सक्ने क्षमता नभएका डीएसपी धितालले अत्यधिक मात्रामा बिदा छोडेर रासनमा समेत बदमासी गर्ने गरेको विषयमा समेत मुख्यालयले उनीसँग सोधपुछ गरेको थियो ।

डीएसपी धितालले आफ्नो बचाउ प्रयास गरे पनि मुख्यालयले उनीसँग सोधपुछ गरेको थियो । डीएसपी धितालले आफ्नो बचाउ प्रयास गरे पनि मुख्यालयले बोलाएकै दिन र पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि उनले मातहतका कर्मचारीलाई रातारात फोन गरेर युनिटमा हाजिर गराएका थिए ।

यस्तै, उनले अब आफ्नो कमीकमजोरी सुधार्नेसमेत सोधपुछका क्रममा बताएको स्रोतले उल्लेख गरेको छ । संगठनले तोकेभन्दा धेरै कर्मचारी बिदा छोड्ने तर रासनको पैसाचाहिँ बुझाउनुपर्ने नियम नै थियो ।

जसले गर्दा सो गुल्म पश्चिम क्षेत्रमै सबैभन्दा बढी बिदा मिल्ने कार्यालयका रुपमा चर्चित हुन पुगेको थियो, बुधबारमा उल्लेख छ ।

उनको यो हर्कतलाई बुटवलमा रहेको ५ नम्बर बाहिनीले समेत कुनै वास्ता नगर्दा संगठनलाई चुस्तदुरुस्त र भ्रष्टाचाररहित बनाउने नेतृत्वको चाहनासमेतमा गम्भीर असर पर्ने देखिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan