Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेरोजगार इञ्जिनीयरहरुलाई रोजगारी दिलाउन प्रयास गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २ सोमबार |
newsabhiyan

चिप्लेढुङ्गा, २ पुस(रासस)ः नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले देश प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशमा विजयी प्रगतिशील समूहलाई बधाई दिँदै इञ्जिनीयरहरुले ठेकेदारी प्रथा सुधार्नुपर्ने बताउँदै मुलुककै सेवा गर्ने काममा उत्साहित हुनुुपर्छ भन्नुभयो । इञ्जिनीयरको सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण सङ्घीय र प्रदेश सरकारले सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले प्रदेशले बनाउने नीतिनियममा इञ्जिनीयरले उठाएका विषय समावेश गरी सहकार्य गर्दै अघि बढ्ने वचन दिनुभयोा ।
नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशको ३२ औंँ अधिवेशनमा निर्वाचित बाबुराम भण्डारीले बेरोजगार इञ्जिनीयरहरुलाई रोजगारी दिलाउन र मुलुकलाई प्रविधिमैत्री बनाउने नीति तयार गर्न सङ्गठनले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यसमितिमा सबै प्रगतिशील समूहबाट १६ जना निर्वाचित हुनुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan