Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिम्मत कसरी ? म गुण्डा होइन, नेपालको प्रहरी नै गुण्डा र ... : दिपक मनाङ्गे (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष १९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । गुण्डा नाइकेको आरोप लागेका दिपक मनाङ्गे अर्थात राजिव गुरुङले नेपालको प्रहरी प्रशासन पूर्ण असफल भएको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मनाङ्गेले अपराध अनुसन्धानमा असफल प्रहरीले ससाना कुरामा भने निकै दुः दिने गरेको आरोप लगाएका हुन् ।

आफूविरुद्ध लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै उनले सरकारप्रति पनि असन्तुष्टी व्यक्त गरे ।

आफूलाई प्रहरीले फसाएर अपराधी बनाउन खोजेको भन्दै मनाङ्गेले प्रहरीले गर्ने ज्यादतिविरुद्ध लाग्दा दुःख दिएको गुनासो गरे ।

आफू अहिलेसम्म सात पटक जेल गएको स्मरण गराउँदै उनले नाइट क्लब विजनेश गर्दा प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाए ।

प्रहरीले फसाउँन खोजे पनि अदालतले भने मनपरी नगरेको मनाङ्गेले बताए । उनले आफूलाई गुण्डाको रुपमा नहेर्न पनि आग्रह गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan