Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिन्दु धर्म ल्याउन कांग्रेसले अगुवाई गरोस, हामी साथ दिन तयार छौं : अध्यक्ष राणा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २० शुक्रबार |
newsabhiyan
newsabhiyan

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले खोजेका विलासिताका सामानका कारण उनी आलोचित भइरहेकी छन् । कहिले कार्यालयको कम्पाण्डड सानो भयो भन्ने त, कहिले १८ करोडको गाडी तथा हेलिकप्टर किन्नका लागि दबाब दिने उनको कार्यले नै आलोचित बनाएको छ । दुई तिहाईको सरकारले मुलुकमा जबरजस्त धर्म परिवर्तन गराउने कार्य पनि गरिरहेको छ । यी लगायतका समसामयिक राष्ट्रिय राजनीतिका बारेमा राष्ट्रिय प्रातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणासँग गरेको कुराकानीको सारसंक्षेप :–
सरकार र स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले त क्रिश्चियन धर्मालम्वीले गर्ने संस्कार गरे, यस कार्यलाई के भन्नुहुन्छ ?

वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली ‘होली वाईन’ खान र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न गएका छन् । दुई तिहाई बहुमतका प्रधानमन्त्री ओली तीन दिनसम्म ‘होली–वाईन’ खाएर नक्कली क्रिश्चियनहरुको काखमा सुत्नुभयो, मुलुकका लागि यो भन्दा लाजमर्दो अर्को कुरा के हुन सक्छ ? यो भन्दा धार्मिक रुपमा हामीमाथि अर्को खतरा के हुन सक्छ ?’ 

२०६२/०६३ को जनआन्दोलन सफल भएपछि पुनस्थापित संसदले मुलुकलाई धर्म निरपेक्ष बनाएको छ । यस्तो अवस्थामा त सबै धर्म बरावर भएनन् र ?
यस्तो कार्य तत्कालिन नेताहरुले जनमतको अनुमति लिएर गरेका होइनन् । कसैको स्वार्थमा फसेर गरेका हुन् । कि त धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्छ । होइन भने नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठकमा पनि हिन्दु धर्मको कुरा उठेको थियो । तपाई पनि हिन्दु धर्म भन्दै हुनुहुन्छ, के तालमेल हुन लागेको हो, धर्मका विषयमा कांग्रेससंग ?
संसदको प्रमुख प्रतिपक्षी र मुलुकको ठुलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको छ । यसले प्रजातन्त्रवादी शक्तिहरु अब एक ठाउँमा उभिनुपर्ने समय आएको संकेत गरेको पनि पक्का हो ।

कांग्रेसले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति र पहिचानको बारेमा चिन्ता गरेको देखिन्छ । मुलुकलाई हिन्दुराज्य बनाउने विषयमा कांग्रेस सकारात्मक छ कि छैन त्यो उसको कुरा हो । म त भन्छु प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ । मुलुकलाई हिन्दु धर्मको राज्य बनाउनु पर्छ ।

अब प्रसंग केहि बदलौ, पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले विलासिताका सामानमा धेरै नै जोड दिनु भएको छ । उहाँको यो कार्यलाई के भन्नुहुन्छ ?
राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको छ । गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी उहाँलाई किन चाहिने ? अर्बौको हेलिकप्टर किन खरिद गर्नुपर्ने ?

अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो अरे ? प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशी हो ?’ यसले राष्ट्रपति भन्ने सस्थामाथि नै प्रश्न चिन्ह उठ्ने वेला भएको छ ।

पहिला राजा हुने बेलामा पनि त यस्तै हुन्थ्यो नि, बाहिर नआएको मात्र न हो ?
राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न पाईएका छन् । राष्ट्रपतिलाई सुविधानै सविधा चाहिने अनि दशैंमा जनतालाई घुँडा टेकाउने ? यस्तो राष्ट्रपतीय प्रणालीले के गर्न खोज्दैछ ? अब शंका जन्मिँदैछ । राजाको पालामा यस्तो हुन्थेन । राजपरिवारले देश गुनाको भेष गर्थे । अहिलेका नयाँ राजाले मात्रै हो, आफैलाई भए, अरुलाई केहि नचाहिने । 

केपी शर्मा ओली नेतृत्वको दुई तिहाई मत पाएको सरकारको विषयमा तपाईको मूल्याड्ढन के छ ?
दुई तिहाई बहुमतको वर्तमान सरकारले अहिलेसम्म जनताको पक्षमा सिन्कोसमेत भाँच्न सकेको छैन् । २०४७ सालपछि बनेका सरकार मध्य केपी शर्मा ओली नेतृत्वमा बनेको सबैभन्दा शक्तिशाली सरकार हो । तर, सबैभन्दा काम गर्न नसकेको सरकार पनि वर्तमान सरकार नै हो ।

जनताको पक्षमा यो सरकारले ढलेको सिन्को ठाडो गराउन समेत सकेको छैन । २०४७ सालपछि बनेको सबैभन्दा बलियो भनिएको वर्तमान सकारले जनताको पक्षमा काम गर्न नसकेको मैले मात्र भनेको होइन, ओली जी कै पार्टी नेकपा कम्युनिष्ट पार्टीका नेताहरुले समेत भनिरहनु भएको छ ।

सरकारले जनताको बारेमा चिन्ता गर्न सकेको छैन । यो मेरो आरोप होईन । सत्य कुरा हो । नेकपाको सचिवालय बैठकमा समेत सरकारका काम कारबाहीको बारेमा नेताहरुले असन्तुष्टि पोख्नुभएको छ । यसले नै सरकारको हविगत के रहेछ भन्ने प्रष्ट चित्र देखाउँछ ।

फेरी अर्को प्रसंग जोड्न चाहे, भर्खरै मात्र नेपाली कांग्रेसले मेलमिलाप दिवस मुुलुकभर विभिन्न कार्यक्रम गरेर मनाएको छ । मेलमिलापको विषयमा र विश्वेश्वरप्रसाद कोइराला र राजा महेन्द्रको विषयमा यहाँको बुझाई के हो ?
मेरो बुझाईमा तत्कालिन राजा महेन्द्र शाह र विश्वेश्वर प्रसाद कोइराला एउटा जंगलका दुई शेर हुनुहुन्थ्यो । म र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले इतिहासमा देशको लागि योगदान दिएका व्यक्ति र संस्थालाई सदैव सम्मान गर्दै आएका छौ । आगामी दिनमा पनि हामीहरुले उहाँहरुको सम्मानमा कुनै कमि आउन दिने छैनौ ।

त्यो मेरो प्रतिवद्धता हो । २००७ सालपछि नेपाली धर्तीमा दुई महान व्यक्तिहरुको उपस्थिति रह्यो, राजा महेन्द्र र विश्वेश्वर प्रसाद कोइराला । भारत निर्वासनमा बस्नु भएका विपीले राष्ट्रियतालाई शीरमा राखेर स्वदेश फर्किनुभयो ।

राजसंस्था बिनाको राष्ट्रियताले कमजोर बन्छ भन्ने उहाँको दृष्टिकोण थियो । व्यक्तिगत रुपमा महेन्द्र र विपीका बीचमा टकराव थियो । दुबै जना राष्ट्रका हितमा काम गर्ने दुरदर्शी नेता हुनुहुन्थ्यो । राष्ट्र र राष्ट्रियताका बारेमा दुबै जना एक ठाउँमा हुुनुहुन्थ्यो, दुबैको एउटै धारणा थियो ।

मेलमिलाप दिवसको सार्थकता बढाउन कांग्रेसले के गर्नु पर्ला ?
मेलमिलाप त्यस्तो दिवस हो, जुन विदेश निर्वासनमा रहेर प्रजातन्त्रका लागि लडेका नेता आफ्नै देशमा गएर आफुले दुष्मन ठानेका राजासंग मेलमिलाप गरेर बस्छु भनेर आउनु भएपछि मनाइन थाल्यो । कांग्रेसले विपीको सम्मानको लागि नेपाललाई हिन्दुराज्य कायम गर्ने अभियानको नेतृत्व लिन सक्नु पर्छ । हामीले इतिहासमा मुलुकलाई योगदान पु¥याउने सम्पूर्ण वीर पुरुषहरुलाई सम्मान गर्नुपर्छ ।

तर, विपी र राजा महेन्द्रको मेल त कहिल्यै भएन नि है । मेल भएको भए मुलुकमा विकास उति बेलै भइसक्थ्यो नि होइन र ?
मेल कहिल्यै नभएको भन्ने चाहि होइन । राजा महेन्द्रको शासन कालमा विपीले जनमत संग्रह माग्नुभएको थियो । त्यो सम्पन्न भएकै हो । त्यसपछि राजा वीरेन्द्रको पालामा गलत सल्लाहकारका कारण नेपालको राजनीतिक र राष्ट्रियता कमजोर बन्यो । त्यसपछिको समय झनै गम्भिर बन्दै गएको छ ।

वर्तमान दुई तिहाईको सरकारले विदेश नीतिलाई सन्तुलित राख्न सकेको छैन् । आज सरकारको यही कमजोरीका कारण देश खतराको बाटोतर्फ जाँदैछ । मुलुकले कहिल्यै नभोगेका नियति भोग्दै छ । जनताको मत पाएर आएका जनप्रतिनिधि होली वाइन खानका लागि काठमाडौं आउन पर्ने बाध्यता र विवसतामा छन् । अभियान टाइम्सका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan