Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रीनलाइफ हाइड्रोले साधारण शेयर बिक्री गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २० शुक्रबार |
newsabhiyan

काठमाडौँ, २० पुस (रासस) ः नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ ।
सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ ।

सो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan