Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी प्रदेश : दुई विधेयक प्रस्तुत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार | (रासस)
newsabhiyan

पोखरा, २६ पुस । गण्डकी प्रदेशसभाको आजको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।

सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सभापति रेग्मीले सहकारी विधेयक सम्बन्धमा जिल्ला सहकारी सङ्घका अध्यक्ष, सहकारी विज्ञ, अन्य सरोकारवाला समेतसँग अन्तरक्रिया गरिएको बताउनुभयो ।

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले वाग्लुङ २(ख) बाट प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको मङ्सिर २७ गते ४७ वर्षको उमेरमा असामयिक निधन भएका कारण उक्त क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी दिनुभयो ।

अर्को बैठक आगामी माघ ८ गते दिनको १ बजे बस्ने सभामुख अधिकारीले जानकारी दिनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan