Monday 21st of January | २०७५ माघ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजा फालियो भन्दैमा पृथ्वीनारायणलाई हेलाँ गर्ने अधिकार कसले दियो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार |
newsabhiyan
newsabhiyan

संझना पौडेल, पृथ्वीनारायण शाह नेपालको निर्माता जसलाई व्याख्या बयान गर्नको लागि शब्दको अभाब छ, नेपाली शब्द कोषमा । एउटा झोले गवार देशद्रोहि मर्दा बिदा घोषणा हुन्छ । 

तर, राष्ट्र नायकको यत्रो योगदानलाई कदर गर्न जान्दैन । भो अब हामी नेपाली भनेर छाती फुलाउनु पर्दैन । राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई हेलाँ गर्ने अधिकार कसले दियो ? के हामी  हाम्रा बाउआमा बिना यो धर्तीका हुने थियौं ? एक पटक सोचौं सबैले हो ।

त्यस्तै उहाँ बिनाको नेपाल कल्पना पनि गर्न सकिन्न । सबै भन्दा बढी राष्ट्रहितको कुरा गर्नेहरू सबैभन्दा चर्को रूपमा विदेशी दलाल भएका छन् । दुनियाँलाई गरेर देखाएपछि प्रशंसा नपाउने कुरै छैन ।

तर, दुनियाँलाई गरेर देखाउन त पहिले आफूमा गुण चाहिन्छ । गुण नै नभएको व्यक्ति जतिसुकै पद वा ओहदामा पुगे पनि हुनेवाला केही छैन ।

लाग्छ आज स्यालहरुले मासु लुछाचुडी गरीरहेछन् । यस्ता स्यालहरु स्वामीभक्त भएर देखा पर्छन । कतिपय स्यालहरु हेर्दा एकदम इमानदार सहनशील जस्तो पनि देखिन्छन् ।

कतिपय स्यालहरु स्वामीभक्ति गर्न, स्वामीले अह्राएको काम गर्न, स्वामीको आदेशानुसार चटक देखाउन माहिर देखिन्छन् । पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालकै अस्तित्व गुम्ने खतरा थियो ।

त्यो बेला छिमेकी भारतमा अंग्रेजहरुले साना साना भुरे टाकुरे राज्यहरुलाई निल्दै विशाल साम्राज्य खडा गरेको स्थितिमा नेपाल बलियो र शक्तिशाली नभएको भए यसको अस्तित्व इतिहासबाटै लोप हुने खतरा थियो ।

पृथ्वीनारायणको भुमिकालाई नदेख्नु भनेको इतिहासको भौतिकवादी ब्याख्या भन्दा बाहिर जानु र इतिहासको विकासको क्रमलाई इन्कार गर्नु हो ।

पृथ्वीनारायणका सन्तानहरूले गरेका गल्तीसँग जोडेर उहाँलाई अपमान गर्न मिल्दैन । विगत दशवर्ष देखि परिवर्तनको नाममा राज्यले राष्ट्र निर्माताको अपमान गरेको छ ।

शाहलाई एकताका प्रतिकको रुपमा लिन नसक्नु राज्यको ठूलो भुल हो । अन्य देशका राजाहरू पहिले राजा हुन्छन् ।

पछि देश बनाउनेमा लाग्छन् तर हाम्रो देशका पृथ्वीनारायाण शाहले पहिले देश बनाउँनु भयो बल्ल पछि नेवारकी छोरीको खुट्टाको पानी खाएर मात्र राजा बन्नु भएको ईतिहास साँक्षी छ ।

विश्वमान चित्रमा एक टुक्रा जमिनको नाम नेपालको छ वा हो भन्ने महान ईतिहास रच्ने राष्ट्रिय विभूतिका पनि विभूति पृथ्वीनारायण शाह हुन् । उहाँलाई नसम्झने नेपालीको लागि गम्भिर दुर्भाग्य हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan