Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गोपी मेरो आफ्नै कथा –बिपिन कार्की

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । अभिनेता बिपिन कार्कीले ‘गोपी’ आफ्नै कथा रहेको बताएका छन् । बिहीबार पत्रकारसँगको साक्षात्कारमा उनले गोपीमा आफूले निर्वाह गरेको चरित्र र आफ्नो पृष्ठभूमि उस्तै रहेकाले चलचित्र गरिरहँदा अभिनय नभई पुरानो समय बाँचेको अनुभव भएको बताएका हुन् ।

‘मैले घाँस काटेको छु । खोले खुवाएको छु । स्कुल जाँदा दूधको ट्यामी बोकेर डेरीसम्म पुराएको छु । यो चलचित्रमा पनि यी सबै गतिविधी पट कथामै समेटिएका थिए ।

त्यसैले यो चलचित्रमा काम गरिरहँदा अभिनय गरेको हैन, पुराना दिनको पुनरावृत्ति गरिरहेको अनुभूति भएको थियो,’ अभिनेता कार्कीले भने ।

अभिनेता कार्कीले चलचित्रको स्क्रिृप्ट पढेको भोलिपल्ट नै आफूले चलचित्र खेल्ने सहमति दिएको स्मरण गर्दै चलचित्र सन्देशमुलक र मनोरञ्जक भएको बताए ।

‘ स्क्रिृप्ट एक बसाइमा पढेर सकेको यो पहिलो चलचित्र हो । सितिमिति मैले चलचित्र गर्नलाई चाँडै निर्णय लिँदिन तर यो चलचित्र गर्नलाई मैले एक दिनभन्दा बढी समय लिइँन,’ उनले भने, ‘कथा त यसको मौलिक छँदैछ, प्रस्तुति पनि उत्तिकै रुचिकर छ ।चलचित्रले रमाइला गराउँदा गराउँदै गम्भीर सन्देश पनि दिन्छ ।’

चलचित्रले गाई पाल्ने युवाको संघर्षलाई चलचित्रको विषय बनाएको छ । निर्देशक दीपेन्द्र लामाले चलचित्रको माध्यमबाट देशमै केही गरिरहेका र गर्न चाहाने युवाको साहसलाई सम्बोधन गर्न चाहेको बताए । उनले भने, ,‘गाईसँगको मानवीय संवेदना, दैनिकी, गाई पालन व्यावसाय, त्यो सँग सम्बन्धित अनेक पात्रका उतार चढाव र मानवीय भावलाई प्रस्तुत गरिएको छ ।’

चलचित्रले कृषकको मर्का, उसको घरपरिवार भित्रको संघर्ष, व्यावसायिक क्षेत्रसँग जोडिएका अनेक पक्ष मात्र होइन प्रेम र जीवनको उतार चढावको पनिव् याख्या गर्नेछ ।

लेखक सामीप्यराज तिमल्सेनाले गाईलाई माध्यम बनाएर देश अर्थात् मातृभूमिको सेवालाई कथाभन्ने माध्यम बनाएको बताए ।

‘देशमा पलायनको मनोविज्ञान हावी छ । जो कोही पनि देश छाड्दा मात्र सुखी हुने मनोविज्ञानमा छन् । चलचित्र यस्तै मनोविज्ञानको विरुद्धमा हो । देश छाड्नु अघि हामीले देशमै केही गर्ने प्रयास गर्यौं कि गरेनौं, चलचित्रले छेड्न खोजेको बहस हो यो,’ उनले भने, ‘तर यसो भनेर हामीले आदर्शवादी चलचित्र बनाएका छैनौं । जे आउँछ, चलचित्रको भाषामा आउँछ ।’

कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्रको कथा आफ्नो जीवन दर्शन नजिक रहेकाले पनि लगानीका लागि तयार भएको बताए । उनले भने, ‘चाहेको भए म जति बेला पनि विदेश जान सक्थें । तर, यहीं केही गर्न सकिन्छ भनेर त्यो विकल्पमा मैले सोचेको पनि छैन ।

चलचित्रको मुख्य चरित्र पनि त्यस्तै छ । हर हालमा देशमै बसेर केही गर्न चाहाने । यो दर्शनमा बाँचेका लाखौंले चलचित्रले आफ्नो विषय उठाएको पाउनु हुनेछ ।’

माघ १८ मा रिलिज हुने चलचित्रमा बिपिनसँगै वर्षा राउत, सुरक्षापन्त, प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan