Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस्तै अवस्था रहिरहे सैनिक कू नहोला भन्न सकिदैन : रुक्मांगद कटुवाल (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस ।  नेपाली सेनाका पूर्व प्रधानसेनतापति रुक्मांगद कटुवाललले अझै पनि नेपालमा राजनीतिक स्थायित्व नभएकाले नेपाली सेनाले जुनसुकै बेला फरक भूमिका खेल्न सक्ने अनुमान गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै कटुवालले राष्ट्रिय अखण्डताको रक्षाका लागि सेनाले हस्तक्षेप गर्न सक्ने बताएका हुन् ।

सम्पुर्ण नेपालीको हित र राष्ट्रियताका लागि सेनाको भूमिका महत्वपूर्ण हुन सक्ने उनले बताए । नेपालले पछिल्लो समय देश र जनताको हित चाहने नेता नभएकाले विभिन्न समस्या आउने गरेको कटुवालको ठहर छ ।

अझै पनि राजनीतिक संकट नसकिएको कुरा नेताहरुले नै स्वीकार गरेकाले सरकार र सत्ताकै कारण जनतासमेत सन्तुष्ट हुन नसकेको उनले बताए ।

यस्तै अवस्था रहिरहे नेपालमा सैनिक कू हुन सक्ने कटुवालले स्पष्ट पारेका छन् । तर नेपालमा सैनिक कु गर्न नहुने उनको तर्क छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan