Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइएमईको दशैंमा बीस लाख योजनाको तेस्रो विजेता घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनाअन्तर्गत तेस्रो तथा अन्तिम महिनाको विजेता घोषणा गरेको छ ।

रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट तेस्रो महिनाको विजेता घोषित हुनु भएको हो । सेवाग्राही मल्लले नगद रू. १,००,०००÷–(अक्षेरूपी एक लाख) प्राप्त गर्नु भएको छ ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका सहायक प्रबन्धक श्यामकृष्ण खकुरेल (अन्तर्राष्ट्रिय व्यापार) ले विजेता शिवुको सिफारिसमा उनको आफन्त कृष्ण गोपाल कुस्मालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट तिन जना विजेता घोषित भइसक्नु भएको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

आइएमईको दशैंमा बीस लाख योजनाको तेस्रो विजेता घोषणा

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan