Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पृथ्वी जयन्ती साँच्चै कि देखावटी ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ पुस । आज पुस २७ गते पृथ्वी जयन्ती परेको छ । राज्यले पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय बिदा दिएको छैन ।

पहिला पहिला राष्ट्रिय एकता गरेको भन्दै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा समेत मनाउने गरिएको थियो ।

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनवटै घटकले पृथ्वीनारायण शाहलाई सम्झदै कार्यक्रम गर्ने भएका छन् ।

कमल थापा नेतृत्वको राप्रपाले काठमाडौंको प्रदर्शनी मार्गमा राष्ट्रिय एकता दिवस मनाउने भएको छ । पछिल्लो समय सरकारले सार्वजनिक विदा नदिएपछि राप्रपाका तीन वटै घटकले पृथ्वी जयन्तीमा सरकारले राष्ट्रिय बिदा दिनु पर्ने धारणा राख्दै आएका छन् ।

तर, बुझ्नेहरुले भने राप्रपा आफै सरकारमा सहभागि भएको बेला पृथ्वी जयन्तीका दिन राष्ट्रिय बिदा हुनुपर्दछ भन्नुको खासै अर्थ नहुने समेत टिप्पणी गर्ने गरेका छन्,  नेपालीपत्रमा उल्लेख छ ।

उनीहरुको आरोप छ, राप्रपाहरुले पृथ्वी जयन्तीका दिन राष्ट्रिय बिदा हुनुपर्छ भनेर सत्ता बाहिर हुँदा मात्र भन्छन् जुन साँच्चै बिदा होस् भन्ने भन्दा पनि जनतालाई गरे है भन्ने देखाउन मात्र गरे जस्तो देखिन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan