Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागबजारमा दोहोरी साँझले बिथोल्यो छिमेकीको निन्द्रा, 'गुनासो गर्न जाने ठाउँ थाहा छैन’ : पिडीत छिमेकी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

पिडीत छिमेकी भन्छन्, ‘पुलीसले चासो दिँदैन, अन्त गुनासो गर्न जाने ठाउँ थाहा छैन’

काठमाडौं । व्यवसायका नाममा मध्यरातसम्म गानाबजानाकै कारण छिमेकीको निन्द्रा बिथोलीने समस्या न प्रहरीले सुन्छ, न अन्य कुनै निकायले नै त्यसको निकाश दिलाएको छ ।

राजधानीको बागबजार पध्मकन्या कलेज नजिकै आरधाना कम्प्लेक्स (श्रेष्ठ टेलरीङ)को अगाडी रहेको रमाइलो चौतारी दोहोरी साँझमा व्यवसायका नाममा हुँदै आएको गानाबजानाको समस्या त्यस वरपरका दर्जन बढी छिमेकीले लामो समयदेखि बेहोर्दै आएका छन् ।

प्रहरीलाई गुनासो सुनाउँदा पनि चासो नदिने र समस्या सामाधानका लागि अन्य निकाय बारे जानकारी नहुँदा बागबजारबासीले लामो सयमदेखि समस्या भोग्दै आउनु परेको हो ।

‘मध्यरातसम्मै चर्काे आवाजमा गाउने, बजाउने गरिन्छ, आवाज सानो गराउ भन्दा व्यवसायीले अटेर गर्छन्,’ पिडीत छिमेकीको गुनासो छ, ‘प्रहरीलाई बारम्बार भनिसकियो, तर सुनेको नसुन्यै जस्तो भयो ।’

पिडीत छिमेकीका अनुसार साँझ ८ बजेसम्म खासै चहलपहल नहुने रमाइलो चौतारी दोहोरी साँझमा त्यसपछि मध्यरातीसम्म निकै चहलपहल हुन्छ ।

साना उमेरका युवतीदेखि वयश्क महिला समेतले उक्त दोहोरी साँझका लागि ग्राहक खिच्ने गर्छन् । त्यसरी ग्राहक डाक्ने महिलाका व्यवहार, हाउभाउ र  उनीहरुले कुराकानीका क्रममा गर्दै सम्वादका शब्दावली यतीसम्म अश्लिल हुने गर्छन् कि ‘...लाई भन्दा देख्नेलाई लाज’को भान हुन्छ ।

‘दोहोरी साँझभन्दा लोक संस्कृतीको जर्गेना गर्ने व्यवसाय जस्तो लाग्छ तर, त्यहाँको धन्दा बेग्लै हो,’ जानकारहरु भन्छन्, ‘युवतीले ग्राहकलाई प्रलोभनमा पारेर डाक्ने दोहोरी साँझवालाले लुट्ने धन्दा भइरहेको हुन्छ ।’ त्यसरी डाकिएका ग्राहकले तिरेको बिलकै कमिशन त्यहाँ कामदार महिलाको आम्दानीको स्रोत हो ।

राजधानीमा कहीँकतै सामान्य आवाज बाहिर आएको भन्दै प्रहरीले कडाइँ गरिरहेको चर्चा चलिरहँदा कमलपोखरी वृत्तमा बारम्बार खवर भइरहँदा र प्रहरी कन्ट्रोलमा समेत गुनासो टिपाउने क्रम जारी रहँदा पनि प्रहरीले मध्यरातसम्म हल्लीखल्ली मच्चाएर छिमेकीको निन्द्रा बिथोल्ने व्यवसायीमाथि किन कारवाही गर्न वा समस्याको निकाश दिन चाहिरहेको छैन भन्ने अर्थ स्पष्ट छ ।,

‘छोरा–नातीले जाँचको बेलामा पनि पढ्न पाइएन भनेर गुनासो गर्छन् तर ख्वै रेष्टुरेन्टवालाले आवाज सानो गराउँ वा साउण्ड प्रुफ गराउ भन्दा हाम्रो पनि कमाई खाने भाँडो यही हो, ग्राहकले नै आवाज चर्काे चाहान्छन् भनेर हाम्रो गुनासोलाई हावामा उडाइदिन्छन्,’ एक छिमेकीको गुनासो छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan