Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समायोजनका लागि आवेदकको सङ्ख्या वृद्धि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २७ पुस (रासस) : कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनका लागि फारम भर्नेको सङ्ख्या बढेको छ ।

पहिले दैनिक चार हजारको सङ्ख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको सङ्ख्यामा दोब्वर वृद्धि भएको छ । ‘‘समायोजनको लागि फारम भर्न अब पाँच दिनमात्र बाँकी रहेको छ’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले अहिले फारम भर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।’’

अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन् । मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्र्दैछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan