Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थारू पहिरनमा सजिदै खानेपानी मन्त्री मगरले भन्नू भयो - "विकासको काममा कसैले अवरोध नगरौं "

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan
newsabhiyan

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले विकासको काममा रचनात्मक र सकारात्मक भुमिका खेल्न प्रतिपक्ष दललाई आग्रह गर्नु भएको छ ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुग्नुभएकी खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भुमिका अपरिहार्य भएको बताउनुभयो । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुर्याउन नहुने धारणा राख्नु भयो ।
थारू संस्कृतिको सम्बर्द्धनको विषयमा उहाँले गाउँगाउँ बीच संस्कार तथा परम्पराहरु आदानप्रदान हुनुपर्ने बताउनुभयो । नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको भन्दै उहाँले घरआँगनमा सिमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको जिकिर गर्नुभयो ।

उहाँले कञ्चनपुरको क्षेत्र नम्बर १ आफ्नै निर्वाचन क्षेत्रमा माघि खेल्न आएको बताउनुभयो । उहाँले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परिक्षण र उपचारमा सरकार गम्भीर रहेको प्रतिबद्धता जनाउनु भयो । 
कार्यक्रममा मन्त्री मगर थारु परिरनमा मञ्चमा पुग्नुभएको थियो । कार्यक्रममा उहाँले माघी मेलाका अवसरमा सबै आम नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । मन्त्री मगर यसै क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । थारूहरूकाे महान पर्व माघे सकान्तिकाे अवसरमा थारू कल्याणकारिणी सभा बेलाैरी नगर समितिले आयोजना गरेको यस माघी मेला ३ दिन सम्म चल्नेछ ।

कार्यक्रममा उपस्थित कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सभा सदस्य सांसद कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गर्नुभयो । उहाँले थारु संस्कृति, खाना, रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । “थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृती पाैर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक आयोजना भएको बृहत् मेलामा जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले बताए । उनले रोगको पहिचान गर्दै ल्याव तथा औषधिउपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री वीना मगरमार्फत आग्रह गरे । मेलामा थारू खानाका परिकार बंगुरकाे मासु, माछा, बयरकाे चटनी, ढिक्री, सिन्की, तिलकाे अचार, जाँडकाे झाेल अादी राखिएका छन ।

कार्यक्रममा थारु समुदायकाे कला संस्कृति झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको छ । छुट्टै पहिचान बोकेको थारु संस्कृतिको जगेर्नागर्दै नयाँ पुस्तालाई आफ्नो कलासंस्कृति प्रतिको सम्मान र सम्बर्द्धन गर्न मेला आयोजना गरिएको थारू कल्याणकारिणीसभा बेलाैरी नगर संयाेजक खड्ग बहादुर चाैधरीले जानकरी गराउनु भयाे । थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजार भन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी गराउनुभएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan