Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साझा सेवाको ३४औँ साधारणसभा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २७ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २७ पुस (रासस) ः साझा सेवा (सहकारी संस्था) लिमिटेडको ३४औँ साधारणसभा आज यहाँ सम्पन्न भएको छ ।

साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा साझाले पहिलो पटक स्थापना गरेको रु ५० हजार राशीसहितको ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार’ ‘श्री नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेड’लाई प्रदान गरियो । संस्थापक सञ्चालक तथा लामो समयसम्म संस्थाको अध्यक्ष रहनुभएका स्व कमलमणि दिक्षितकोे सम्झनामा सो पुरस्कार स्थापना गरिएको हो । कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले स्व दिक्षितले समाजका विविध क्षेत्रमा गर्नुभएको योगदानको प्रशंसा गर्दै नेपालका सहकारी संस्थाले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

सो अवसरमा संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु एक करोड खुद मुनाफा गरेको जानकारी दिइयो । संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीले सरकारबाट कुनै अनुदान नलिई स्वावलम्बी रुपमा दीर्घकालीन भावी योजनासहित संस्था अघि बढेको बताउनुभयो । साथै उहाँले साझा सेवाले आफ्नो व्यावसायिक सेवा सर्वसाधारणमा पु¥याउँदै सहकारीको माध्यमबाट विशिष्ट सेवा पु¥याउने सहकारी संस्थालाई पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । साझाले मल, ग्याँस, सिमेन्ट, तथा इन्धनको सर्वसुलम बिक्री वितरणमा आफ्नो सेवा केन्द्रीत गरेको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामात्र शेयरधनी सदस्य रहेको यो नेपालमै पहिलो सहकारी हो ।
––– 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan