Monday 21st of January | २०७५ माघ ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जिहादीको आक्रमणमा बाह्र सर्वसाधारण मारिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार |
newsabhiyan

ओवागाडोउगोउ, बुर्किना फासो, २८ पुस (रासस÷एएफपी) ः जिहादी विद्रोहीहरुको आक्रमणमा परी उत्तरी बुर्किना फासोमा बाह्र सर्वसाधारण मारिएका छन् ।

इस्लामिक कट्टरपन्थीहरुको हिंसाको असर फैलिएको सो ठाउँमा गत बिहीबार घटना भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
पश्चिमी अफ्रिकी यस मुलुकका विभिन्न राज्यहरुमा सरकारले संकटकालको घोषणा गरेको थियो । सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा बन्दुकधारीहरुले हिंसा मच्चाएको उल्लेख गरिएको छ ।

पछिल्लो आक्रमणमा परी अरु दुई जना घाइते भएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् । यस आक्रमणमा परी एउटा घर , एक कार तथा छ ओटा पसलहरुमा क्षति पुगेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
उत्तरी बुर्किना फासोमा जिहादीहरुले सन् २०१५ बाट आक्रमण गर्न थालेका हुन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan