Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘सङ्घीयता कार्यान्वयन राज्यको मुख्य जिम्मेवारी’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार | (रासस)
newsabhiyan

विराटनगर, २८ पुस : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

विमानस्थलमा यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको सङ्घीयता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको सहयोग रहने बताउनुभयो ।

उहाँले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

नेता गच्छदारले डा गोविन्द केसी र सरकारबीच विगतमा भएको चिकित्सकसम्बन्धी सम्झौता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई वाइड बडी विमान विवादमा जोड्नु गलत भएको उल्लेख गर्दै उहाँले लेखा समितिले विमान खरीद अनियमितासम्बन्धी छानबिन कार्य गरिरहेकाले टुङ्गोे लाग्नु अगावै छानबिन आयोग गठन गर्नु आवश्यक नभएको बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan