Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेसेडोनियाको नाम अनुमोदनका लागि ग्रीक अधिकारीसँग आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार | (रासस÷एएफपी)
newsabhiyan

स्कोपी, २८ पुस : मेसेडोनियाका प्रधानमन्त्री जोरान जाएभले आफ्नो देशको नयाँ नामलाई अनुमोदन गरिदिन शनिबार ग्रीसका अधिकारीहरूलाई आग्रह गर्नुभएको छ ।

मेसेडोनियाको संसदले आफ्नो देशको नाम ‘द रिपब्लिक अफ नर्थ मेसेडोनिया’ राख्नेगरी शुक्रबार पास गरेको र यसको वैधानिकताका लागि छिमेकी मुलुक ग्रीसको स्वीकृति आवश्यक हुने भएकोले उहाँले ग्रीसका सरकारी तथा विपक्षी नेता तथा सांसदहरूसँग भेटी नयाँ नाममा समर्थन जनाउन आग्रह गर्नुभएको हो ।

उहाँले ग्रीसको राजधानी एथेन्समा गरिउको एक पत्रकार सम्मेलनमा भन्नभयो, “नामलाई अनुमोदन गर्न ग्रीक संसदको पनि समर्थन आवश्यक रहन्छ । हाम्रो संसदले नयाँ नामलाई अनुमोदन गरेको छ तर यो सहज भने छैन । मलाई विश्वास छ कि ग्रीक संसदले पनि निर्णयलाई सदर गरिदिनेछ ।” 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan