Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेरिस विष्फोट : घाइतेमध्ये दुई जनाको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २८ शनिबार | (रासस÷एएफपी)
newsabhiyan

पेरिस, २८ पुस : पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार निधन भएको छ ।

ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर सख्त घाइते बनेका दुई उद्धारकर्मीको निधन भएको पेरिसको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।

घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । घाइतेमध्ये १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने २४ जनालाई सामान्य चोट लागेको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकोमा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो ।

यसअघि दिइएको जानकारीमा “घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका र २४ जनालाई सामान्य चोट लागेका छ ,” अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan