Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फुल्चोकीमा हराएका ४ युवतीसहित १६ को उद्धार (उद्धार हुनेको सुची सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ पौष २९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा हराएका ४ युवतीसहित १६ जनाको सकुशल उद्धार भएको छ । 

जिल्ला ललितपुर गोदावरी न।पा। वडा - ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरु हराएको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले खोजी कार्य अघि बढाएको थियो । 

प्रहरीले खोजी गर्दै जादाँ गोदावरी बसपार्कबाट १० कि.मि.पुर्व फुल्चोकी जंगलको बिच खोँचमा अलपत्र परेकाको अवस्थामा १२ किशोर तथा ४ किशोरीलाई फेला पारी सकुशल उद्धार गरिएको हो ।

प्रहरीले उनीहरुलाई अभिभावकको जिम्मा लगाई सकेको छ । 

उद्धार हुनेको सुची

१. जिल्ला धनुषा घर भई हाल बानेश्वर शान्तिनगर काठमाण्डौ बस्ने  वर्ष ३४ को व्रिज मोहन साह।
२. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १७ को सुवास साह ।
३. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को अभिशेक यादव ।
४. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को ऋषि कुमार साह।
५. ऐ. जिल्ला घर भई हाल मैतिदेवि काठमाडौं बस्ने वर्ष २० को श्रीराम साह ।
६. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष २० को करणसाह।
७. ऐ. जिल्ला घर भई हाल पुरानो वानेश्वर बस्ने वर्ष २० को सुवास साह।
८. जिल्ला स्याङजा घर भई हाल कोटेश्वर काठमाडौं बस्ने वर्ष २२ की सपना गुरुङ ।
९. जिल्ला तनहु घर भई हाल बालाजु बस्ने बर्ष २० की श्रृजना भट्टराई ।
१०. जिल्ला काठमाडौं बानेश्रर घर हुने वर्ष २२ को अविनभ सिंह ठकुरी ।
११. जिल्ला सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने वर्ष २५ को रोशन राना ।
१२. जिल्ला दोलखा घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को रमेश पौडेल ।
१३. जिल्ला मोरङ घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को संजोग घिमिरे ।
१४. जिल्ला काठमाडौं बुढानिलकण्ठ बस्ने वर्ष २० की अप्सरा खत्री ।
१५. जिल्ला नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष २२ की श्रेया थपलिया ।
१६. जिल्ला धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ को सन्तोष कुमार साह।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan