नेपाल टाइगर र नेक्सेस क्वाटर फाइनलमा प्रवेश
दिनेश ठाकुर, नेपालगञ्ज चैत्र २९ गते । नेपालगन्जमा जारी जेएमसी रनिङ टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल टाइगर र नेक्सेस क्रिकेट क्लव क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल टाइगर स्पोर्टस् क्लबको आयोजना तथा लायन्स क्लब अफ नेपालगन्ज ईन्नोभेटिभको सह–प्रायोजकमा स्थानिय मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको पहिलोे खेलमा नाइटी क्रिकेट क्लवलाई एक सय २४ रनले पराजित गर्दै नेपाल टाइगर क्वाटर फाइनलमा प्रबेश गरेको हो ।
खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल टाइगरले २० ओभरमा ६ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । उसका लागि अम्मर सिंह रौटेलाले २० वलमा ६०, बिनायक गिरीले ३९ प्रज्वल शाहीले २६ तथा प्रविण गिरीले २४ रन जोडेका थिए । नाइटीका बलर बाँबु खाँनले २ विकेट लिए । २ सय २१ रनको विशाल लक्ष्य पछाएको नाइटी १५ ओभरमै अल आउट हुँदै जम्मा ९५ रन बनाउन सक्यो ।
उसका लागि बाँबु खाँनले २३ र जुनेद खाँनले २४ रन बनाउनु वाहेक अन्यले राम्रो खेल सकेनन् । नेपाल टाइगरका सुनिल सुनार र अजय सहानीले समान तीन तीन विकेट लिनुभयो भने,सिद्धान्त शाही र अम्मर सिंह रौटेलाले समान २÷ २ विकेट लिनुभयो ।
यसैगरी सोमवारनै भएको दोस्रो खेलमा नेक्सेसले युनाइटेड क्लव कोरियनपुरलाई एक सय रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको नेक्सेसले २० ओभरमा ५ विकेट २ सय ४५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा आएको युनाइटेड क्लवले २० ओभरमा ८ विकेट गुमाएरु एक सय ४४ रन मात्र बनाउन सक्यो ।
प्रतियोगितामा मंगलवार पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा नेपाल टाइगर र जयसपुर तथा दोस्रो खेलमा एनपिजे थण्डर र नेक्सेस विच खेल हुने आयोजक क्लवका अध्यक्ष बिनय श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका १६ क्लवको सहभागिता रहेको छ ।
