Saturday 23rd of September | २०७४ असोज ७ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डाक्टर र नर्सहरुको समुहले 'भुइमान्छे' हेर्ने पर्ने, के छ फिल्मभित्र त्यस्तो ? (हेनुहोस भिडियो सहित)

'भुईमान्छे टिम एक्कासी किन गए काठमान्डू मेडिकल कलेजमा'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ४ बुधबार
newsabhiyan
newsabhiyan

उद्धव तमाङ, न्यूज अभियान, काठमाडौं । शव चिर्ने कथामा आधारित फिल्म ‘भुइँ मान्छे’ को अन्तत: रिलिज डेट फिक्स भएको छ । फिल्म आउदो भाद्र २ मा अल नेपाल रिलिज हुने भएको हो  । 

रिलिज डेट फिक्स भए सँगै भुईमान्छेको टिमलाई फिल्म प्रचार प्रसार गर्न भ्याई-नभ्याई भएको छ । यसै सिलसिलमा भुईमान्छेको टिम बुधबार काठमान्डू मेडिकल कलेज सिनामंगल पुगेका थिए ।

कार्यक्रममा उपस्थित डक्टर, नर्स तथा एमबीबीएसमा अध्ययनरत भविष्यका डक्टरहरुलाई फिल्मको टेलर देखाई फिल्मको बारेमा भुइँ मान्छे टिमले जानकारी दिएका थिए ।

विशेषत: यो फिल्म दैनिक रुपमा अस्पतालहरुमा लाशको पोष्ट मार्टममा खट्ने व्यक्तिको मनोविज्ञान र यो प्रकारको जीवनमा आईपर्ने आरोह अवरोहको यथार्थ कथालाई फिल्मले पस्किएको हुनाले फिल्मको बारेमा सम्पूर्ण जानकारी दिने हेतुले काठमान्डू मेडिकल कलेजमा भेटघाट कार्यक्रम राखेको रोहिणी भट्टराईले न्यूज अभियानलाई बताए  । 

न्यूज अभियान टिभी : भिडियो तल हेर्नुहोस् ! 

दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ ? उसलाई समाजले कसरी हेरेको हुन्छ ? उसको मनोविज्ञान कस्तो होला ? यीनै कुराहरुलाई फिल्ममा समेटिएको छ । त्यतिमात्र नभएर, आफ्नो भब्य घरमा एक्लै वस्दै आएकी एउटी युवती, किन एक्लै वस्दै आएकी हो त ? उसको जीवनमा के कस्ता आरोह अवरोह आईपर्छन त ?  भन्ने कुरा पनि फिल्ममा हेर्न पाइने र संगै चिकित्सा क्षेत्रका विकृतिहरुलाई पनि फिल्मले पर्दाफास गर्ने भट्टराईले बताए  ।

त्यस्तै राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोरा गुरुङले कार्यक्रममा बोल्दै आफु विश्वविधालयमा पढ्ने एक विधार्थीको भुमिकामा रहेको बताईन् । सिपोराको यो पहिलो ठुलो तथा ’मेन स्ट्रिम’को फिल्म रहेको छ । यस अघि दुइओटा फिल्ममा अभिनय गरि सकेकी भए पनि फिल्म प्रदर्शनमा आएको छैन, उनले भनिन् । खेलाडी सिपोराका लागि यो फिल्म विशेष रहेको बताइन् । र उनले यसबाट निकै आशा समेत गरेकी छिन् । 

पोस्टमार्टम गर्ने व्यक्तिको कथामा बनेको ‘भूईँमान्छे’मा रमेश बुढाथोकीको प्रमुख भुमिका रहेको फिल्ममा रमेश र सिपोराका अलावा सहिन प्रजापति,  सानु ताम्राकार, सम्राट सापकोटा, प्रविण खतिवडा, तारा केसी, रोहिणी भट्टराई, शसांक बोहोरा, सौरभ ढकाल र नारायण न्यौपाने लगायत शैली थिएटरका कलाकारको अभिनय रहेको छ । 

फिल्ममा कथा, पटकथा, सम्वाद नवराज बुढाथोकीको रहेको छ ।  फिल्मलाई विदुर पाण्डेले खिच्नु भएको हो भने , यसको सम्पादनको काम गम्भिरराज कर्णिकार र मधुसुदन सञ्जेलले गर्नु भएको हो । भि.एफ.एक्स र ग्राभिक्स श्री कृष्ण श्रेष्ठले गर्नुभएको छ ।  यस फिल्ममा महेश पौडयालको गित र देवेन्द्र राईको संगीतको रहेको छ ।

 

शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुती रहेको यस फिल्ममा रोहिणी भट्टराईको लगानी रहेको छ भने फिल्मलाई निर्देशक नवराज बुढाथोकीले निर्देशन गरेका हुन्  । लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यसअघि चलचित्र "वनफूल" निर्देशन गरेका थिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan