Friday 27th of April | २०७५ बैशाख १४ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आरजूको फुर्तिले नेता आत्तिए !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ २९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ भदौ ।  नेपाली काँग्रेसकी सांसद आरजू राणा देउवा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन् । उनको फुर्ति यतिबेला निकै बढेको छ ।

मन्त्री बनाउँदा होस् या विभिन्न प्रकारका ठेक्का प्रकरणमा होस् उनको रवाफ देखिहालिन्छ । कांग्रेसका पुराना, त्यागी, शक्तिशाली नेता समेत उनको विरोध गर्न सक्दैनन् । उनी छाया प्रधानमन्त्री जस्तै हुन् ।

उनले जता रिगायो उतै प्रधानमन्त्री रिङ्छन् कांग्रेसका एक वरिष्ठ नेताले भने । चाकडी गनर्हे रुले उनलाई फस्ट लेडी मात्र होइन माता समेत भनेर सम्बोधन गर्छन् ।

काँग्रेस राजनीतिमा प्रधानमन्त्री देउवालाई सफल र असफल बनाउने रिमोर्ट आरजूकै हातमा रहेको काँग्रेसीहरुले बताएका छन् । आरजूको दबाबका अगाडि प्रधानमन्त्री देउवा समेत नतमस्तक हुने गरेको जानकारहरु नै बताउँछन् ।

त्यसो त आरजुलाई चाकडी गर्न नसक्ने पार्टीका वरिष्ठ नेताहरु वालुवाटारमा निरिह जस्तै हुने गरेको बालुवाटार स्रोतले जनाएको छ ।

कुनै बेला काँग्रेस राजनीतिमा रजगज चलाएका स्व. गिरिजाप्रसाद कोइराला पनि छोरी सुजाता कोइरालाको जिद्धिलाई नकार्न सक्दैनथे भनी काँग्रसीहरुले मरणोपरान्त पनि चर्चा गर्ने गरेका छन् । त्यही शैलीको नक्कल गर्दै डा. आरजूले पनि पतिदेव प्रधानमन्त्री देउवालाई कुरा मान्न बाध्य तुल्याउने गरेको चर्चा छ ।

काँग्रेसको राजनीतिमा प्रधानमन्त्री देउवाले काँग्रेसको हित भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुहार मलिनो भएको हेर्न नचाही दाहालको एजेण्डा र कार्यक्रम बोकेर हिंड्ने गरेको र देउवा पत्नी आरजूले काँग्रेसको भलो भन्दा आफ्नो स्वार्थ पूर्ति गर्नका लागि निर्माण व्यवसायी र दलालमार्फत ठूलाठूला ठेक्काबाट मोटो कमिशन हात पार्ने गरेको सम्बद्ध स्रोतले जानकारी दिएको ,खबर अभियान टाइम्स साप्ताहिकमा उल्लेख छ ।।

कांग्रेसको आन्तरिक परम्परा संस्कार र पद्धतिभन्दा बाहिर गएर देउवापत्नीले मनपरी गर्न थालेपछि स्वाभिमानी एवं निष्ठावान् काँग्रेसीहरु मर्माहत बन्न पुगेको र आरजूले नै काँग्रेस पार्टीलाई बर्बाद बनाउने भइन् भन्दै चिन्ता व्यक्त गर्ने गरेको चर्चा चियापसलदेखि तारे होटलसम्म छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan