Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेकर्ड आफ्नो , बजारमा अर्कै : शम्भु रैका - भिडीयो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं । नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती कार्यक्रम “साझा भिजन”दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आईरहेका छौ । आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो कार्यक्रम “साझा भिजन” ।

 

 

यस हप्ताको “साझा भिजन” कार्यक्रममा हामीले गायक शम्भु रैका सँग कुराकानी गरेका छौ । लामो समय देखी नेपाली  गीत - संगीतमा आफ्नो परिचय बनाउन तल्लिन शम्भुले हाल सम्म तीन दर्जन गीतहरुमा स्वर दीइसकेका छन्  । 

 

कैलालीमा जन्मीएका शम्भुले सुरुका दीनहरुमा निकै मेहनत गर्नु पर्‍यो । थुप्रै संगीतकार बाट धोका पनि पाए शम्भुले । "कस्को मायामा तिमी हराएछौ  " बोलको आधुनिक गीतबाट गायनमा यात्रा थालेका शम्भुले चलचित्र "दम " बाट प्राश्व गायनमा समेत पाइला टेकेका थिए ।

उनको स्वर रहेको गीत चलचित्र साइकलको "म क्षितिज भए तिमी बादल" चर्चित छ  । 

 
तपाईको विचारमा संगीत के हो ? उनि भन्छन्  – ‘संगीत मेरो लागि साधना हो , नशा पनि हो । त्यसैले संगीतबाट अब म टाढा रहन सक्दिन, अब यो नै मेरो सबथोक हो । ’
 
उनि भन्छन : नयाँ गायकको  हाल यती सम्म पनि हुन्छ कि गीत रेकर्ड हुँदा आफ्नो स्वर हुन्छ बजारमा आउँदा अर्कैको । यो समस्या मैले पनि भोगेको छु ।  
 
( भिडीयो कुराकानी ) 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan