Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

घुस लिएको आरोपमा मुद्दा दायर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

काठमाडौँ, १९ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इञ्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    इञ्जिनियर यादवले एक गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु ५० हजार घुस लिएका थिए । 

    घुस रकम लिइसकेको अवस्थामा आयोगको टोलीले केही समय पहिले यादवलाई नियन्त्रणमा लिएको थियो । इञ्जिनियर यादवले विद्युत् लाइन जडान तथा सोसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको अनुसन्धानबाट खुलेकाले आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan