Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सर्वोच्चमा चार न्यायाधीश सिफारिस, संसदीय सुनुवाइपछि नियुक्ति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार |

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश पदमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

सर्वोच्च अदालतमा लामो समयदेखि न्यायाधीश पद रिक्त रहँदा मुद्दाको चाप बढ्दै गएको अवस्थामा परिषद्ले नयाँ नियुक्तिका लागि नाम सिफारिस गरेको हो। सिफारिस भएका चारै जनाको नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ। परिषद्को सिफारिससँगै सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan