Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सांस्कृतिक सङ्ग्रहालय भवनको निर्माण पूरा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | (रासस)

हुम्ला, ९ कात्तिक : अदानचुली गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण पूरा भएको छ । झण्डै छ वर्षपछि उक्त भवनको काम पूरा भएको गाउँपालिकाले जनाएको छ । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले  आज उक्त नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । अदानचुली गाउँपालिकाको करिब रु ३० लाख लगानीमा उक्त भवन निर्माण सम्पन्न भएको हो । स्थानीय कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो । 

भवनको उद्घाटनसँगै स्थानीयवासीमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन हुने अपेक्षा गरिएको सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण समितिका अध्यक्ष राजबहादुर दानीले बताउनुभयो ।

भवन उद्घाटन समारोहमा मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकाको विकासका लागि आवश्यक बजेट व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । 

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले अदानचुली गाउँपालिकामा जनताको अपेक्षाअनुसार काममा ढिलाइ भइरहेको बताउनुभयो ।
 
भौगोलिक विकटताका कारण विकास निर्माणमा केही ढिलाइ हुन गएको पालिकाले जनाएको छ । सांस्कृतिक सङ्ग्रहालय भवनको उद्घाटनसँगै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan