Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

भद्रपुर (झापा), ९ कात्तिकः झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

    जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार आइतबार साँझ करिब ७ः२० बजे सुरु भएको आगलागी आज बिहान करिब ६ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

    प्लान्टमा कालोपत्रे गर्न प्रयोग गरिने लाइट डिजेल आयल भण्डारण गरिएको स्थानमा आगलागी हुँदा मौज्दात रहेको साढे नौ हजार लिटर डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट अलकत्रा लोड गरिएको को १ ख १८०० नम्बरको ट्रकमा क्षति पुगेको छ । ट्रकमा मात्रै करिब दुई लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

    आगलागीमा परी ट्रक चालक इलामको माङसेबुङ गाउँपालिका–३ का ३५ वर्षीय काफियात राई घाइते भएका छन् । उनको खुट्टा तथा शरीरका विभिन्न भागमा आगोले पोलेको प्रहरीले जनाएको छ ।

    प्रज्वलनशील पदार्थमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan