Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म वर्षाको सम्भावना, नदीमा जलसतह बढ्न सक्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |
newsabhiyan

चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा हुने र नदीहरूको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित प्रभाव विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा देखिन सक्ने प्रारम्भिक आकलन गरिएको छ। ती नदीका जलाधार र आसपासका क्षेत्रमा वर्षा हुँदा नदी तथा खोलामा पानीको बहाव बढ्न गई जलजन्य विपद्को जोखिमसमेत बढ्न सक्ने देखिएको छ।

सम्भावित वर्षाका कारण बाढी, नदीमा आकस्मिक बहाव वृद्धि तथा अन्य जलजन्य जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन आवश्यक देखिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले मौसम तथा नदीको जलसतहसम्बन्धी सूचना नियमित रूपमा अवलोकन गर्न र आवश्यक पूर्वतयारी अपनाउनुपर्ने देखिन्छ। नदी किनार, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकले आधिकारिक सूचना र चेतावनीलाई ध्यान दिनु आवश्यक छ।

चक्रवात ‘अर्नब’को प्रभाव र वर्षाको वास्तविक अवस्था मौसम प्रणालीको विकाससँगै परिवर्तन हुन सक्ने भएकाले आगामी दिनमा जारी हुने मौसम पूर्वानुमान तथा बाढीसम्बन्धी सूचनालाई आधार मानेर सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan