Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | रासस

 

हुम्ला, ९ कात्तिकः हुम्लाको तीन हजार ६०० मिटर उचाइमा सञ्चालन गरिएको जिल्लास्तरीय लेकधिङ्घा हाइअल्टिच्युड भलिबल प्रतियोगिताको उपाधि सिमकोट गाउँपालिका–७ को कर्णाली युथ क्लबले जितेको छ । 

 

फाइनल खेलमा सेकेन्ड स्टार युथ क्लबलाई पराजित गर्दै कर्णाली युथ क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो । हुम्ला जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा भएको थियो । 

 

प्रतियोगितामा कर्णाली युथ क्लब प्रथम हुँदा सेकेन्ड स्टार युथ क्लब दोस्रो र नाम्खा गाउँपालिका–१ को हेक्पा आइस तेस्रो भएको आयोजक कमिटीका निमा लामाले बताउनुभयो ।

 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः एक लाख, ७० हजार र ४० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता टोलीलाई नगद पुरस्कारसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

 

नाम्खा गाउँपालिकाको आर्थिक सहयोग तथा लेकधिङ्घा हाईअल्टिच्युड आयोजक समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । उच्च हिमाली क्षेत्रमा भलिबल प्रतियोगिता आयोजना गरिनुले हुम्लामा खेलकुदको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan