Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |

काठमाडौं । नेपाली कांग्रेसले आइतबारका लागि आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। समसामयिक राजनीतिक घटनाक्रम, सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीको आन्तरिक कार्यविभाजन तथा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।

कांग्रेसको आकस्मिक बैठकमा विशेषगरी सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनाले प्राथमिकता पाउने भएको छ। उपसभापति मधु आचार्यका अनुसार सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको विषयमा बैठकमा विस्तृत छलफल हुनेछ।


पछिल्लो समय विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएका घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठिरहेका बेला कांग्रेसले यस विषयमा संस्थागत धारणा बनाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan