Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार | रासस

 राँझा (बाँके), १५ कात्तिकः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

    चालु आर्थिक वर्ष २०८३÷८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताउनुभयो ।

    उहाँका अनुसार यो राजस्व सङ्कलन कुल लक्ष्यको २०.४ प्रतिशतमात्रै हो । साउनका लागि रु एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा रु दुई अर्ब नौ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा रु दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ८९ करोड चारस लाख सात हजार सङ्कलन भएको छ ।

    साउन महिनामा मासिक लक्ष्यको ८७.८७ प्रतिशत, भदौमा ८३.०६ र असोजमा लक्ष्यको ८०.३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत आव २०८२÷८३ मा आफ्नो लक्ष्यअनुसारको राजस्व सङकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयलाई चालु आव २०८३÷८४ मा थप रु डेढ अर्ब बढी बढाएर लक्ष्य निर्धारण गरिएको छ ।

    नेपालगन्ज भन्सार कार्यालयले गत आव २०८२÷८३ मा रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलनका लागि लक्ष्य रहेकामा करिब ८१.८७ प्रतिशत अर्थात् रु २० अर्ब ११ करोड ५५ लाख एक हजारमात्रै असुली गर्न सकेको थियो ।

    गत आवमा रु २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आव २०८३÷८४ मा रु २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ । जुन गत आवको वास्तविक असुलीभन्दा रु छ अर्बभन्दा बढी र गत आवको लक्ष्यभन्दा रु एक अर्ब ६५ करोड बढी हो ।

    नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ भने जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ । राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्नका लागि आवश्यक कार्ययोजना बनाइएको सूचना अधिकारी खड्काले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan