Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उदयुपरका २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |

उदयपुर, २० कात्तिकः त्रियुगा नगरपालिकामा २७ भूमिहीन परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । नगरपालिकाको वडा नम्बर ३ र ५ का २७ परिवारलाई बिहीबार लालपुर्जा वितरण गरिएको हो । 
    
त्रियुगा नगरपालिकाको कार्यालयमा आयोजित  समारोहमा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले भूमिहीन दलित परिवारलाई पुर्जा हस्तान्तरण गर्नुभयो । 
    
पहिलो चरणमा त्रियुगा नगरपालिका–३ का १३ र वडा नम्बर ५ का १४ भूमिहीन दलित परिवारलाई पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि आयोग उदयपुरले कानुनी प्रक्रिया पूरा गरेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले जानकारी दिनुभयो ।
 
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा पाएसँगै जग्गामा कानुनी अधिकार प्राप्त गरेका छन् । सरकारी लक्ष्यअनुसार पुर्जा वितरणलाई तीव्रता दिइएको जिल्ला भूमि आयोग उदयपुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताउनुभयो । 
    
स्थानीय तहले जग्गाको नापजाँच गरी आवश्यक कागजात तयार पार्छन् । त्यसपछि आयोगले कागजातको अध्ययन तथा कानुनी प्रक्रिया पूरा गरी अन्तिम स्वीकृति दिएपछि जग्गाधनी पुर्जा वितरण गरिन्छ । 

प्रजिअ शाहीका अनुसार शुक्रबार कटारी नगरपालिकामा ११ घरपरिवारलाई र रौतामाई गाउँपालिका–७ मा ६५ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको बताउनुभयो । 

चौदण्डीगढी नगरपालिकामा ३२ र बेलका नगरपालिकामा ४५ घरपरिवारको लालपुर्जा वितरणका लागि तयार गरिएको उहाँले जानकारी दिनुभयो । 

“लालपुर्जा तयार भएका पालिकालाई वितरण प्रक्रिया अघि बढाउन भनेका छौँ । अन्य पालिकाबाट आएका कानुनी प्रक्रिया पूरा भएका कागजातको पनि अध्ययन भइरहेको छ,” शाहीले भन्नुभयो । भूमि आयोगका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढिरहेको छ । कानुनी प्रक्रिया पूरा भएका परिवारलाई क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने आयोगले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan