Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसिया कप क्रिकेट: नेपाल भारतसँग पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २० शुक्रबार |

काठमाडौँ, २० कात्तिक: एसीसी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको १२९ रनको लक्ष्य पच्छाएको भारतले कुनै विकेट नगुमाई १९ दशमलव एक ओभरमा लक्ष्य पूरा गर्‍यो । भारतको जितमा आर्यभिर सेवाङले सर्वाधिक ७० रनको योगदान दिए ।

उनले ५२ बलमा सात चौका र चार छक्काको सहयोगमा अविजित ७० रनको योगदान दिएका हुन् । त्यसैगरी लक्ष्य रैचदनीले ६३ बलमा सात चौकाको सहयोगमा अविजित ५३ रनको योगदान दिए ।  

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनाएको थियो । 

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए । उनले ९३ बलमा १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आशिष लुहारले ४५ बलमा २९ रन जोड्दा नीरजकुमार यादवले ४८ बलमा २० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ भारतका इशान सूदले १० ओभरमा १८ रन खर्चेर तीन विकेट लिए । त्यस्तै अर्जुन राजपुतले पाँच दशमलव तीन ओभरमा आठ रन दिँदै तीन विकेट हात पारे । शवीर गौडले दुई विकेट लिए भने मनाल चौहान र काव्या परेश पटेलले समान एक/एक विकेट लिए ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । अब नेपालले यही कात्तिक २२ गते युनाइटेड अरब इमिरेट्स (युएई ) सँग खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan