जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
काठमाडौं, २९ कात्तिक : कैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सैनिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४७ वर्षीय नमराज बिष्ट समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार १ सय ७५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ जानकी टोल बस्ने ६८ वर्षीय भुप बहादुर डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा भुप बहादुर समेत ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने ४७ वर्षीय बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बसन्त समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ८ हजार १ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-४ उर्बर्सी टोलस्थित होटल अम्रेलामा जुवातास खेलिरहेको अवस्थामा सूर्योदय नगरपालिका-१० बस्ने ४४ वर्षीय निर्मल श्रेष्ठ समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


