Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई दिनमा करिब दुई हजार २०० आप्रवासी स्पेनको क्यानरी टापुमा  आइपुगे

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस/एपी)

पछिल्लो दुई दिनमा करिब दुई हजार २०० आप्रवासी डुङ्गामार्फत स्पेनको क्यानरी टापुमा आइपुगेका छन् । स्पेनको समुद्री उद्धार सेवाले आइतबार यसबारे जानकारी दिएको हो ।

    उत्तरपश्चिम अफ्रिकानजिकै अवस्थित क्यानरी टापु आप्रवासीका लागि स्पेन प्रवेश गर्ने प्रमुख मार्गमध्ये एक हो । विशेषगरी पश्चिम अफ्रिकाका मानिसहरू जीर्ण डुङ्गामा चढेर एट्लान्टिक महासागर पार गर्दै जोखिमपूर्ण यात्रा गरी यहाँ पुग्ने प्रयास गर्छन् ।

    स्पेनको गृह मन्त्रालयका अनुसार, यस वर्ष जनवरीदेखि अक्टोबरको अन्त्यसम्म समुद्री मार्ग हुँदै स्पेन पुगेका २८ हजारभन्दा बढी आप्रवासीमध्ये १३ हजारभन्दा बढी क्यानरी टापुमा पुगेका थिए ।

    समुद्री उद्धार सेवाले १४ वटा साना डुङ्गामा सवार एक हजार ३२४ आप्रवासीलाई उद्धार तथा सहायता उपलब्ध गराएको जनाएको छ । तीमध्ये अधिकांश ‘एल हिएरो’ टापुमा पुगेका थिए ।

    एकै दिनमा उद्धार गरिएका आप्रवासीको यो सङ्ख्या यस मार्गको हालसम्मको कीर्तिमाननजिक छ । सन् २०२० नोभेम्बर ७ मा यस मार्गबाट एकै दिनमा एक हजार ४६१ जनालाई उद्धार गरिएको थियो ।

    पश्चिम अफ्रिका र क्यानरी टापुबीचको एट्लान्टिक महासागरको मार्ग विश्वकै सबैभन्दा जोखिमपूर्ण आप्रवासन मार्गमध्ये एक हो । अफ्रिकाको सबैभन्दा नजिकको तटीय बिन्दुबाट यी टापु करिब १०५ किलोमिटर टाढा छ । तर, सुरक्षाकर्मीको निगरानीबाट बच्न धेरै आप्रवासीले लामो समुद्री यात्रा गर्ने प्रयास गर्छन् । यस्तो यात्रामा उनीहरूलाई कैयौँ दिनदेखि हप्तौँसम्म लाग्न सक्छ ।

    अधिकांश आप्रवासीले मौरिटानियाबाट आफ्नो यात्रा सुरु गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan