Sunday 15th of November | २०८३ कार्तिक २९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामाजिक एकतालाई बलियो बनाउन सबै समुदायका संस्कृतिको संरक्षण गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २९ आइतबार | (रासस)

काठमाडौँ, २९ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ महापर्वको अवसरमा बल्खुस्थित बागमती नदी किनारमा पुगेर पूजाआजा गर्नुभएको छ ।

    बल्खु–तराई समाजद्वारा आज यहाँ आयोजित धार्मिक कार्यक्रममा उपराष्ट्रपति यादव सहभागी हुनुभइ अस्ताउँदो सूर्यलाई विधि पूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उहाँले छठ पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    उपराष्ट्रपति यादवले मुलुकमा सामाजिक एकता र राष्ट्रिय अखण्डतालाई बलियो बनाउन सबै जाति तथा समुदायका संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

    यस्तै पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय पर्वको रुपमा स्थापित छठले सबै नेपालीलाई एकताबद्ध बनाउन प्रेरणा प्रदान गर्ने उल्लेख गर्दै यसको सांस्कृतिक पक्षलाई प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

    बल्खु तराई समाजका अध्यक्ष राजेन्द्रलाल कायस्थले प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्व केही वर्ष अगाडि तराई भेगमा मात्र सीमित रहेको भए पनि अहिले पहाडी क्षेत्रमा समेत लोकप्रिय बनेको बताउनुभयो । 

    सो अवसरमा उपराष्ट्रपति यादवले विभिन्न संस्कृतिकर्मीलाई सम्मान गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan