Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला बास्केटबल सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |

सुर्खेत ः दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ चार वटा खेल सम्पन्न भएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको पहिलो दिन मंगलबार भएको खेलमा फुल कोर्ट र थ्री बाइ थ्रीतर्फ समान २–२ खेल सम्पन्न भएको हो ।

फुल कोर्टमा एपीएफ र सुदूरपश्चिम तथा थ्री बाइ थ्रीमा त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुआत गरे । फुल–कोर्टमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरमा पराजित गरेको छ । सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ । उक्त खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले हरायो ।

थ्री अन थ्रीमा आर्मीले एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan