Wednesday 25th of November | २०८३ मङ्सिर ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्युत् चुहावटमा कमी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ९ बुधबार | (रासस)

काठमाडौँ, ९ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०८२÷८३ मा विद्युत् चुहावट १२ दशमलव १६ मा  झरेको छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२÷८३ मा विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित रहेको जनाएको छ । आव २०८१÷८२ मा भने विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो ।

    सरकारले आव २०८२÷८३ मा विद्युत् चुहावटलाई १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आव २०८२÷८३ मा विद्युत् चुहावट १२ दशमलव २० प्रतिशतमा झार्ने लक्ष्य राखे पनि सो अवधिमा भने १२ दशमलव १६ प्रतिशतमा झर्न सफल भएको हो ।

    प्राधिकरणका अनुसार चोरी, मर्मतसम्भारको कमजोरी, लोड म्यानमेन्टका कुराले विद्युत् चुहावट हुनेगर्छ । हाल प्राविधिक समस्या आउँदा तत्कालै रेस्पोन्स गरेकाले पनि चुहावट नियन्त्रण हुँदै गएको हो । विद्युत् नेटवर्क स्तरोन्नति, समयमा मर्मतसम्भार र प्राविधिक पक्षको सुधारलाई आक्रामक रुपमा अगाडि बढाइ चुहावट नियन्त्रणलाई तीव्रता दिइएको ऊर्जा मन्त्रालयले जनाएको छ । अन्तरराष्ट्रिय बजारको तथ्याङ्क हेर्दा दक्षिण एसियामा औसतमा १३ दशमलव आठ प्रतिशत चुहावट रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan