Saturday 28th of November | २०८३ मङ्सिर १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १२ शनिबार |

काठमाडौँ, १२ मङ्सिरः खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्रीवितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको टुकुचाबाट आठ जनालाई पक्राउ गरेको छ ।

    पक्राउपर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ का ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोटका ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ का २६ वर्षीय सनम तामाङ र सोही ठाउँका ३२ वर्षीय राजु लामा रहेका छन् ।

    त्यसैगरी, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ का २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–२८ स्थित टुकुचाको खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रहरीले करिब ५६७ किलो मासु बरामद गरेको छ । उक्त मासु बा ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

    पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan