Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १४ बुधबार | (रासस)

सुनसरी, १४ असोजः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सीप विकास र रोजगारीको दिगो तथा बलियो वातावरण निर्माण गरिरहेको बताउनुभएको छ । इटहरीमा आजदेखि सुरु भएको सीप तथा रोजगार मेला २०८३ को उद्घाटन समारोहमा उहाँले युवालाई सीप, रोजगारी र तालिमका अवसरसँग जोड्न मेला आयोजना गरिएको बताउनुभयो ।

तालिम लिने युवाले प्रमाणपत्र प्राप्त गर्ने उद्देश्य मात्र नराखी सिकाइ, क्षमता विकास र स्वरोजगारलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा मन्त्री यादवले जोड दिनुभयो । तालिमबाट प्राप्त सीपले रोजगारीको बाटो खोल्यो कि खोलेन तथा रोजगारीबाट जीवनयापन गर्न पुग्ने पारिश्रमिक र उन्नतिको अवसर प्राप्त भयो कि भएन भन्ने विषयलाई सरकारले महत्त्वका साथ हेर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “शिक्षा, रोजगारी वा तालिममा संलग्न नभएका युवाको सङ्ख्या घटाउन सरकारले विशेष ध्यान दिनुपर्ने आजको आवश्यता हो । हरेक युवालाई सिक्ने, अघि बढ्ने र आफ्नो क्षमता प्रयोग गर्ने अवसर दिनुपर्छ ।” देशका लागि श्रम र पसिना बगाउने प्रत्येक नागरिकले आफ्नै भूमिमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै मन्त्री यादवले युवाको सीप, श्रम र सपनालाई अवसरसँग जोड्न रोजगार मेला महत्त्वपूर्ण भएको धारणा राख्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan