Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रयोगशाला प्राविधिकको मृत्यु प्लेगबाट नभएको रुसी अधिकारीको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस\एएफपी)

मस्कोले सोमबार एक प्रयोगशाला प्राविधिकको प्लेगका कारण मृत्यु भएको भन्ने खबरलाई अस्वीकार गर्दै पोस्टमार्टमबाट उक्त रोग पुष्टि नभएको जनाएको छ। अमेरिकाले भने घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ।

    साइबेरियाको इर्कुत्स्क क्षेत्रस्थित प्लेगविरोधी संस्थामा कार्यरत २८ वर्षीया दार्या शिपिलोभाको प्लेगका कारण मृत्यु भएको शुक्रबारको खबरले चिन्ता बढाएको थियो।

    क्षेत्रीय सुरक्षा निकायसँग निकट अज्ञात स्रोतलाई उद्धृत गर्दै ‘पिपुल्स अफ बैकाल’ समाचार संस्थाले फुटेको टेस्ट–ट्युबका कारण उनलाई ‘न्युमोनिक प्लेग’ सरेको हुन सक्ने जनाएको थियो। अन्य सञ्चारमाध्यमले पनि उनको मृत्यु र प्रयोगशालामा भएको दुर्घटनाबीच सम्भावित सम्बन्ध रहेको खबर प्रकाशित गरेका थिए।

    इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले सोमबार विशेष विज्ञ आयोगको निरीक्षणबाट उनको मृत्यु ‘अज्ञात कारणले भएको न्युमोनिया’का कारण भएको पाइएको बताउनुभयो ।

    उहाँका अनुसार रुसको उपभोक्ता तथा स्वास्थ्य निगरानी निकाय ‘रोस्पोट्रेब्नादजोर’ले गरेको परीक्षणमा मृतकका जैविक नमूनामा उनको पेसागत कामसँग सम्बन्धित कुनै सूक्ष्मजीव फेला परेको छैन।
    कोब्जेभले मृत्युपछि प्लेगविरोधी संस्थाका अन्य कर्मचारीमा उपचार आवश्यक पर्ने नयाँ घटना नदेखिएको र इर्कुत्स्कको सरसफाइ तथा महामारीसम्बन्धी अवस्था स्थिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थिति हाम्रो र विज्ञहरूको नियन्त्रणमा छ।”

    क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि अफवाह र अनुमानभन्दा रोस्पोट्रेब्नादजोरको आधिकारिक भनाइमा विश्वास गर्न आग्रह गर्नुभयो ।

    विश्व स्वास्थ्य संगठनका अनुसार, प्लेग ब्याक्टेरियाबाट हुने रोग हो। यसको न्युमोनिक प्रकार सबैभन्दा सङ्क्रामक मानिन्छ र समयमै उपचार नभए घातक हुन सक्छ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि अमेरिकाले घटनाक्रमको निगरानी गरिरहेको तर तत्काल चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले यस्तो घटना बाहिर आएमा तीव्र रूपमा फैलिन सक्ने भएकाले निरन्तर निगरानी गरिरहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan