Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रुसमा प्लेगको आशङ्का खण्डन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस-एएफपी)

मस्को, २० असोज : साइबेरियाको इर्कुत्स्क क्षेत्रमा एक प्रयोगशाला प्राविधिकको निमोनिक प्लेगबाट मृत्यु भएको खबरपछि बढेको चिन्ताबीच रूसी अधिकारीहरूले प्लेगको सङ्क्रमण तथा त्यससम्बन्धी स्वास्थ्य प्रतिबन्ध लगाइएको भन्ने विवरण अस्वीकार गरेका छन् । अमेरिकाले भने घटनालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

इर्कुत्स्कस्थित प्लेगविरोधी संस्थामा कार्यरत २८ वर्षीया दार्या सिपिलोभाको निमोनिक प्लेगबाट मृत्यु भएको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा स्वास्थ्य प्रतिबन्धसम्बन्धी दस्तावेज फैलिएको थियो ।

रूसको उपभोक्ता तथा स्वास्थ्य निगरानी निकाय रोस्पोट्रेबनाडजोरले उक्त दस्तावेज नक्कली भएको बताउँदै इर्कुत्स्कको सरसफाइ तथा महामारीसम्बन्धी अवस्था स्थिर रहेको स्पष्ट पारेको छ ।

रूसी समाचार संस्था ‘पिपल अफ बैकाल’ ले ती महिलालाई प्रयोगशालामा फुटेको परीक्षण नलीबाट निमोनिक प्लेगको सङ्क्रमण भएको हुन सक्ने तथा उनको सम्पर्कमा आएका करिब दुई सय जनालाई अन्य मानिसबाट अलग्गै राखिएको जनाएको थियो । तर रूसी अधिकारीहरूले शव परीक्षणबाट प्लेग पुष्टि नभएको बताएका छन् ।

इर्कुत्स्कका गभर्नर इगोर कोब्जेभले ती महिलाको मृत्युको कारण अज्ञात कारणको निमोनिया भएको बताउँदै जैविक नमूनामा पेशागत कामसँग सम्बन्धित कुनै सूक्ष्मजीव फेला नपरेको जानकारी दिनुभयो ।

निमोनिक प्लेग श्वासप्रश्वासबाट सर्न सक्ने सङ्क्रामक रोग हो र प्रारम्भिक उपचार नभएमा घातक हुन सक्छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई आफ्नो प्रशासनले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan