Tuesday 6th of October | २०८३ असोज २० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाजामा इजरायलको कडा चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २० मंगलबार | (रासस-एएफपी)

जेरुसेलम, २० असोज : हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ ।

रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।

रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा आतङ्ककारी गतिविधि गर्ने योजना बनाएको भन्ने गुप्त सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको हो । सेनालाई क्षति पुगेमा हमास र गाजाको जनसङ्ख्याले अनुपातभन्दा बाहिर ठूलो मूल्य चुकाउनुपर्ने उहाँले बताउनुभयो ।

एएफपीका अनुसार आधिकारिक इजरायली तथ्याङ्कमा आधारित विवरणमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ ।

आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मान्दै आएको छ । गत अक्टोबरमा युद्धविराम भएयता पनि इजरायली सेनाको कारबाहीबाट एक हजार ४४० भन्दा बढी मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, सोमबार आयोजित सरकारी समारोहमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासको शासन कायम नरहने बताउनुभएको छ । उहाँले अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउने कार्यमा संलग्न जोसुकैलाई लक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan