Wednesday 14th of October | २०८३ असोज २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भ्रम चिर्न यो अभियान थालेका हौं: नेता खनाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २८ बुधबार |
newsabhiyan

तपाईंको नेतृत्वमा सुरु गरिएको 'समाजवादी जागरण अभियान' को औचित्य के हो ?
नेपालमा मुख्य कम्युनिस्ट पार्टीले २०६२-६३ को परिवर्तनलाई नै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो भनेर निष्कर्ष निकालेको २० वर्ष भयो ।

२० वर्षको अवधिमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि त हाम्रो देश समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको हुनुपर्ने हो तर अहिलेसम्म समाजवाद जाने बाटो भन्ने बारेमा अन्योल रहनु तथा कुनै पनि प्रकारका कार्यक्रम, विचार, नीति, सिद्धान्त अगाडि नसारिनु र बहस छलफल नहुनुले यो विषयमा व्यापक रूपले बहस छलफल हुनु जरूरी मैले देखें समाजवादबारे धेरैले भनिरहेका छन्।

तैपनि नेपालको विशेषता अनुरूपको समाजवाद, साँच्चैको एउटा वैज्ञानिक समाजवादचाहिँ के हो भन्नेबारे देखिएका भ्रम चिर्न यो अभियान थालेका हौं।

तपाईंहरूले चाहेको समाजवाद कस्तो हो ? 
वास्तवमा नेपाली समाजको विशेषता अनुरूपको समाजवाद भनेको नेपाल आफ्नो उत्पत्तिको बेलादेखि अहिलेसम्म विकास गर्दै आएको ऐतिहासिक प्रवाह, हाम्रो देशको राजनीतिक-आर्थिक विकासको प्रवाह, हाम्रो देशको सांस्कृतिक विकासको प्रवाह र समग्रतामा राष्ट्रिय विकासको प्रवाहको अनिवार्य परिणतिको रूपमा आउने समाजवादचाहिँ यो हो भनेर हामीले व्याख्या विश्लेषण गरेर त्यसको ठोस रूप नेपाली विशेषता अनुरूपको समाजवाद अगाडि सार्न जरुरी भएको छ ।

तपाईंहरूले भनिरहेको समाजवादको नारालाई आजको पुस्ताले कतै विकृत र भद्दा मजाक भन्यो भने के हुन्छ ? 
हिजो हामीले समाजवादको कुरा धेरै गरेनौ। खासगरी २०६२-६३ को परिवर्तनसम्म हामीले जनवादको कुरा मात्रै गर्यो, भविष्यको कुरा हो समाजवाद भन्दै आयौं। तर, अब त्यो क्रान्तिपछि परिवर्तन भयो भनेपछि चाहिँ हामीले वास्तवमा अब चाहिं समाजवादको दिशामा जाने बेला भयो भनेर संविधान सभाबाट बनाएको संविधानमा पनि के लेख्यों भने अब समाजवाद उन्मुख भएर जाने हो, अब समाजवादी अर्थतन्त्र निर्माण गर्ने हो भनेर संविधानको भाग चार समेत लेख्यौं।

यो संविधानको भाग चारमा यिनै कुराहरूको व्याख्या पनि छ, तर वास्तविक समाजवादको रूपचाहिँ के हो त ठोस रूप के हो, त्यो कुरातर्फ अब दिनुपर्ने ध्यान भनेको कम्युनिस्ट पार्टीले नै हो ।

नेपालका कम्युनिस्टहरू संकट र दुविधामा अहिले गुज्रिरहेका छन् । यो बेलामा तपाईं कम्युनिस्टहरूले गर्ने समाजवाद कतै ढोंगको नारा त बन्दै छैन ? 
जतिवेला संकट भएको हुन्छ, मानिसमा भ्रमका कुराहरू उडिरहेका हुन्छन् र एउटा तुवाँलो लागिरहेको हुन्छ, हो त्यस्तै बेलामा बहसको जरुरत हुन्छ हाम्रो नेपाली समाज भनेको सुरुदेखि नै बहस छलफल 'वादे वादे जायते तत्वबोधः' गर्दै आएको समाज हो ।

त्यसकारणले अहिले यो कालखण्डमा एकदमै वहस नहुने वैचारिक शून्यता, सैद्धान्तिक शून्यता अहिले छाएको अवस्था छ । त्यसैले सम्पूर्ण जनताको र युवाहरूको ध्यान मुलुकको  परिवर्तन रूपान्तरणको दिशामा केन्द्रित गर्नुपर्ने आवश्यक ठानेकोले हामी यो कुरा गरिरहेका छौं। 

लाखौं युवालाई विदेशमा पठाएर उनीहरूले कमाएको पैसाबाट राज्य धान्नुपर्ने अवस्थामा नेताहरूले समाजवादको बहस गर्नु एउटा उपहास मात्र त हुँदैन ? 
यो बडो गम्भीर टिप्पणी हुन्छ । किनभने हामीले गणतन्त्र ल्याइसकेपछि सांच्चै भन्ने हो भने २०१६ देखि २०२६ को एक दशकमा मात्रै ८० लाख नेपालका युवाहरू अहिले बाहिर गएका रहेछन्, मैले तथ्यांक आफैं रिसर्च गरेर हेर्दाखेरि त्यो कुराहरू पाएं।

यसरी विदेशमा जानुका पछाडि यो देशको राजनीतिक नेतृत्वको अकर्मण्यता, दिशाहीनता, स्वार्थीपन, आत्मकेन्द्रितपन नै हो। जनशक्ति र सृजनशीलताको हिसाबले ठूलो नोक्सानी हो र कम्युनिस्ट नेता हौं भन्नेहरूले एकदम छाती छामेर सोच्नुपर्ने आवश्यकता छ कहाँ चुक्यौं हामी ।

तपाईंले 'समाजवादी जागरण अभियान' नेपाली कम्युनिस्ट पार्टीभित्र रहेर चलाउने कि पार्टी छाडेर हो ? 
अहिले म नेकपामा छु नेकपामै रहेर अभियान अघि बढाउने हो । अरू पनि विभिन्न पार्टीहरूभित्रै हुनुहुन्छ, उहाँहरू पनि यसमा संलग्न भएर अगाडि बढ्नुभएको छ।

हामीले स्वेच्छाका आधारमा वैज्ञानिक समाजवादका पक्षमा भएका साथीहरू मिलेर अभियान चालेका हौं हामी कतै पार्टी छाड्दैनौं, म पार्टी कुनै पनि हालतमा छाड्दिन, कम्युनिस्ट पाटीमा म जहिले लागे अब ब्रह्मनालमा जाने बेलासम्म त्यसैमा रहने हो ।

कतै पार्टीभित्र उकुसमुकुस अवस्था भएका कारण समाजवादी जागरण अभियान सूरु गरेर पार्टीबाट अलग हुने प्रयास पो तपाइँले गरिरहनुभएको छ कि भन्ने आशंका छ नि ?

पार्टीभित्र उकुसमुकुस त वास्तवमा सबै पार्टीभित्र भइरहेको देख्छु नेकपाभित्र पनि उकुसमुकुस छ किनभने त्यहाँभित्र सही ढंगले विचार प्रवाह हुन सकेको छैन, सही कार्यदिशा निर्धारण हुन सकेको छैन, सही विधि प्रक्रिया अपनाउन सकिएको छैन। पाटीका विधानमै हेयो भने विभिन्न विभेदकारी रविवादास्पद प्रावधान छन्।

एमालेमा पनि त्यस्तै अवस्था छ तसर्थ कम्युनिस्ट आन्दोलन अहिले पुनर्गठन, पुनसंरचना, रूपान्तरण र नयाँ ढंगले एकीकरणको प्रक्रिया अगाडि वढ्दै छ, यसलाई हामीले गति दिन जस्ती छ भन्ने लाग्छ । राष्ट्रवाणीका साथमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan