Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

बागमती, ९ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तरराष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताउनुभएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ संस्करणका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गर्नुभयो । खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,” उहाँले सन्देशमा भन्नुभएको छ ।

खेलकुद युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा गर्दै उहाँले सन्देशमा, “खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्”, भन्नुभएको छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट सङ्घ (क्यान), कमेन्टेटर तथा क्रिकेटप्रेमीलाई उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्याउने अपेक्षा गरिएको सन्देशमा उल्लेख छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan